2026 April 26/ 05:54: 34pm

बनेपा/बनेपा नगरपालिकाको सहयोगमा बनेपा वडा नं ८ को लायन भवनमा मेरुदण्ड पक्षघात संघ काभ्रेको आयोजनामा ८ नम्बर वडाका अपांगता भएका व्यक्तिहरुलाई नीति तथा अधिकार सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको  छ । 
कार्यक्रमको उद्घाटन बनेपा नगरपालिका वडा नं ८ की वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरले गर्नु भएको थियो । कार्यक्रममा ४८ जना विभिन्न प्रकारका अपांगता भएका व्यक्ति, उनिहरुका  अभिभावकको समेत सहभागी रहेको थियो । कार्यक्रममा नेपाल अपांग महिला संघ काभ्रेका अध्यक्ष, काभ्रे जिल्ला अपांग समन्वय समिति बलराम दाहाल, लायन्स क्लबका सुरज मकै सहभागि रहेको थियो । कार्यक्रममा सहजीकरण तथा कार्यपत्र नेपाल अपांग महिला संघका महासचिव पम्फा पुर्कोटी र नेपाल अपांग बहिरा संघका संयोजक कृष्णप्यारी नकर्मीले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाको अध्यक्ष महेश्वर थापाले गर्नु भएको थियो ।