बनेपा/पत्रकार नवराज बजगाईंले जन्मदिनको अवसरमा धुलिखेल–१२ शंखुमा रहेको मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका छन् ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले धर्मपत्नी तारा भट्टराईको जन्मदिनको समेत जन्म दिनको अवसरमा बृद्धबृद्धा र असाहयलाई सहयोग गर्नु भएको हो । सेवा घरका अभियान्ता सुरेश हुमागाईलाई चामल, आँटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा धुलिखेल–१२, का वडा अध्यक्ष मोहनप्रसाद लामिछाने, सेवा घरकी अभियान्ता जुनिता नगरकोटी श्रेष्ठ, मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई लगायतले सेवा घरमा भएका समस्या तथा सेवाका बारेमा जानकारी गराउनु भएको थियो । सेवा घरमा यतिखेर ७० जना असहायहरु रहेका छन ।









