अनेरास्ववियु काभ्रेले मदन जयन्तीको अवसर पारेर बनेपाको चारदोबाटोमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ३५ जनाले खुल्ला रक्तदानमा सहभागिता जनाएको अध्यक्ष मिलन गौतमले जानकारी दिनुभयो । रेडक्रस काभ्रेको प्राविधिक सहयोगमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा युवा, विद्यार्थी तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले रक्तदान गरेका थिए । एमाले काभ्रेका सचिव राजन भुर्तेल लगायतले रक्तदान गरेको अध्यक्ष गौतमले बताउनु भयो ।
त्यस्तै मदन जयन्तीको अवसरमा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता तथा वृक्षारोपण कार्यक्रम केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यता र एमाले काभ्रे जिल्ला कमिटी सचिव राजन भुर्तेलको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । अनेरास्ववियु केन्द्रीय सचिव सुजन कडरिया, अनेरास्ववियु वाग्मती प्रदेश कमिटी अध्यक्ष शालिकराम पराजुली, केन्द्रीय सदस्य सुमन जैरु लगायतको सहभागितामा सम्पन्न भएको जिल्ला अध्यक्ष मिलन गौतमले जानकारी दिनुभयो । निवन्ध प्रतियोगितामा पुर्ण सञ्जिवि लङ्खनामाईकी मन्जिता तामाङ प्रथम भईन भने गणेश माध्यमिक विदालयकी स्नेहा लुईटेल दोश्रो भईन् । जनक मावीका श्रीखण्ड खनाल तेश्रो र कालिदेवी मावीका मणिराम न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई दशह हजार, दोश्रोलाई ५ हजार, तेस्रो हुनेलाई ३ हजार र सान्त्वना पुरस्कार १ हजार सहित प्रमाणपत्र उपलब्ध गराईएको थियो । पाँचखालको सर्वमंगला क्याम्पसमा आयोजित उक्त कार्यक्रममा निर्णायकको भुमिकामा शिक्षकहरु रामचन्द्र भट्टराई, हरिप्रसाद तिमल्सिना, विमला पोखरेल, निरा भट्टराई रहनु भएको थियो । सामुदायिक विद्यालयको सक्षमता, समस्या र समाधान विषक जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागि थिए ।









