धुलिखेल/पत्रकारिताको ईतिहासमा कामना न्युज पब्लिकेसन्स प्रालिको भूमिका, वर्तमान अवस्था र भावी कार्ययोजना निर्माण गर्दै दुई दिने क्षमता अभिबृद्धि सम्वन्धी कार्यशाला गोष्ठी हिमालय दृश्य धुलिखेलमा सम्पन्न भएको छ ।
कामना न्यूज पब्लिकेशनद्वारा प्रकाशित कामना, साधना मासिक, नेपाल समाचारपत्र दैनिक र न्यूज अफ नेपालमा कार्यरत सञ्चारकर्मीहरू गोष्ठीमा सहभागिता रहेको थियो । नेपालमा कामना मासिक सिने पत्रिकाको शुरुवाती अवस्था र त्यसको इतिहासमा स्व.पुस्करलाल श्रेष्ठ लगायतको योगदानका बारेमा पब्लिकेसन्सका कार्यकारी प्रमुख दिरेकलाल श्रेष्ठले जानकारी गराउनु भएको थियो । नेपालका विभिन्न शहरबाट एकै साथ प्रकाशन गर्ने पहिलो दैनिक पत्रिका नेपाल समाचार पत्र, विदेशबाट समेत पहिलो पटक प्रकाशन आरम्भ गरेको, विहान नेपाल समाचार पत्र र दिउँसो महानगर गरी दुईवटा दैनिक प्रकाशन गरेको, स्वास्थ्य पत्रिका साधना र अन्य संचारमाध्यमको निरन्तर प्रकाशनमा विगतमा भएका प्रयास, संघर्ष र बदलिँदो अवस्थामा अनलाईन संस्करण न्यूज अफ नेपालको प्रकाशन सम्वन्धी भएका ब्यवस्थापकिय पक्ष र आगामी दिनमा पब्लिकेसन्स प्रालीले खेल्ने भूमिकाका बारेमा कार्यकारी प्रमुख दिरेकलाल श्रेष्ठले जानकारी गराउनु भएको थियो । ‘पुस्ताले छाडेको नासो सहितको सम्पतिलाई निरन्तरता दिन मात्रै नभई समाचार माध्यमले फरक फरक विद्याबाट नागरिकहरुलाई सूसूचित गर्न सक्छ भन्ने मान्यता स्थापित गर्न कामना पब्लिकेसन्स सफल भएको छ’–कार्यकारी प्रमुख दिरेकलाल श्रेष्ठले भन्नुभयो–‘आगामी दिनमा नयाँ योजनाका साथ जाने उद्देश्यले क्षमता अभिबृद्धी सहितको बृहत कार्यशाला आयोजना गरिएको हो । प्राप्त सुझाव र सल्लाहलाई क्रमशः कार्यान्वयन गर्दै लगिने छ ।’
अध्यक्ष रकिनलाल श्रेष्ठले पुस्ताको विरासतलाई पछ्याउँदै उहाँहरुको योगदानको स्मरणका साथ प्रविधिको उच्चतम प्रयोगबाट कामना पब्लिकेसन्सलाई थप उचाईमा पु¥याउन लामो समय देखि कार्यरत सहकर्मी तथा आवद्ध सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्नु भयो । तीन तहका सरकारका काम, नागरिकहरुको सेवामा सरलीकरणमा नेपाल समाचारपत्र दैनिकले निरन्तर निगरानी गर्ने नेपाल समाचार पत्र दैनिकका सम्पादक सागर पण्डितले बताउनु भयो । ‘नागरिकहरुलाई सुसुचित गर्दै सरकारका गतिविधिहरु माथी निरन्तर निगरानी पहिलो प्रयास हुनेछ’–सम्पादक पण्डितले भन्नुभयो– ‘समाचारको माध्यमबाट संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा र नराम्रा पक्षको प्रत्यक्ष वा परोक्ष निगरानी गरिनेछ । देशभर कार्यरत सहकर्मीहरुले समाचारको श्रोत त्यसतर्फ धेरै कन्द्रित गर्नु पर्छ ।’ नेपाल समाचारपत्र दैनिकले विगत महिनाहरुबाट तीन तहकै सरकारका कामको समिक्षा गर्दै आएको उहाँले बताउनु भयो । ‘हामी भ्रष्टाचार रहित देश, समाजको निर्माण गर्ने अभियानमा केन्द्रित रहेर निरन्तर खबरदारी गर्नेछौं’–सम्पादक पण्डितले भन्नुभयो–‘यो कार्य एक्लै सम्भव छैन । कामना न्यूज पब्लिकेसन्सको टिम यसमा सक्रिय रहनेछ ।’
देशभरका जिल्ला संवाददाता तथा इन हाउसका सहकर्मी सहभागि कार्यशालामा प्रविधिसँगै बदलिँदो अवस्थामा पब्लिकेसन्स मार्फत भईरहेका नेपाल समाचारपत्र दैनिक, कामना र साधना मासिक, न्यूज अफ नेपाल अनलाईन प्रकाशनका सन्र्दभमा सल्लाहकार सम्पादक कपिल काफ्ले, कामना मासिकका सम्पादक विदुर गिरी, साधना मासिकका सम्पादक लक्ष्मण अधिकारी, समाचार सम्पादक दिपक रिजाल, ईनहाउसका तर्फबाट राजु श्रेष्ठ, यदुप्रसाद भट्ट र सुर्य अर्याल, मार्केटिङ्ग विभागको तर्फबाट रवि खनाल र नन्दगोपाल क्षेत्री, प्रशासनका तर्फबाट अन्जु श्रेष्ठ र कर्ण प्रधानले गोष्ठीमा कामना प्रकाशन समुहका तर्फबाट भईरहेका अभ्यास, प्रयास र आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । देशभरबाट सहभागि संवादादाताहरुले पब्लिकेसन्सलाई अझै उचाईमा लैजान निरन्तर सक्रिय रहने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । गोष्ठीमा विकास पत्रकारिताका सन्र्दभमा बरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने भानुभक्त आचार्यले पत्रकारिताको पछिल्लो अवस्थामा तीन तहका सरकार र नागरिकहरुले प्राप्त गरेको सेवाका सन्र्दभमा प्रशिक्षण दिनु भएको थियो ।
अतिथी कलाकारद्धय दिपकराज गिरी र दिपाश्री निरौलाले कामना न्यूज पब्लिकेशन प्रालीले नेपालको कलाकारिता र पत्रकारिता क्षेत्रको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले नेपालको पत्रकारिताको इतिहासमा कामना प्रकाशन समुहका तर्फबाट प्रकाशन भएका विभिन्न संचारमाध्यमहरुले नेपाली नागरिकहरुको हक अधिकार र सुचना पाउने अधिकारलाई पूर्णत सुनिश्चित गरेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारीपुण्यविक्रम पौडेलले नागरिकहरुलाई अधिकार प्राप्तिसँगै सूचनाको सहज र सरल तरिकाले जानकारी गराउने कार्यमा कामना न्यूज पब्लिकेशनल सधै अग्रपक्तिमा रहेको बताउनु भयो ।









