पनौती/पनौतीमा संचालित सहयात्रा देविस्थान बहुदेश्यिय सहकारी संस्थाले आगामी आर्थिक वर्ष २०८०÷२०८१ को लागि लक्षित कार्ययोजना संस्थाका संचालक समिति, सेवा केन्द्र संचालन उपसमिति, उपसमितिका पदाधिकारीका साथै कर्मचारीहरुको संयूक्त बैठकले व्यवसायिक योजना निर्माण गरेको छ ।
कार्ययोजना निर्माण संयोजक तथा संस्थाका कोषाध्यक्ष आनन्द सापकोटाद्वारा तयार गरीएको कार्यक्रम मार्ग चित्र अनुसार कार्यक्रममा संस्थाको स्थापनाकाल देखि आषाढ १५ गते सम्मको आर्थिक विवरण, संस्थाले सदस्यहरुलाई दिएको सेवा सुविधा तथा चालु आर्थिक वर्षमा सम्पन्न विभिन्न संस्थागत कार्यक्रमहरुको विस्तृत जानकारी संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिबाट प्रस्तुत गर्नुभएको थियो । लेखा तथा सुपरिवेक्षण समिति संयोजक नरहरी भण्डारीले वित्तिय अवस्थाको विश्लेषणमा सुझाव सहित आगामी आर्थिक वर्षको लागि रणनीतिहरु र आर्थिक मन्दिका कारण श्रृजना भएको असर र चुनौतीहरुलाई सुक्ष्म विश्लेषण सहित धारणा प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव हरिशंकर तिमल्सिनाबाट योजना निर्माण कार्यमा सबैको सहभागीता किन आवश्यक छ ? यसले दिर्घकालसम्म कसरी संस्थालाई अगि बढाउन मद्दत गर्दछ ? समुहगत कार्यबाटै संस्थाले तयार गरेको लक्ष्य प्राप्त गर्न सहज हुने र संस्थाको उन्नति प्रगतिमा सबैको योगदानबाट मात्र सम्भव हुने विचार प्रस्तुत गर्नु भएको थियो । समुहगत छलफलबाट समग्र विषयको विश्लेषण गरिएको थियो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम सह सचिव प्रविण दाहालले संचालन गर्नु भएको थियो ।









