2026 April 26/ 04:38: 41pm

भक्तपुर/नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको बागमती प्रदेश अध्यक्षमा संगम लामा निर्वाचित हुनु भएको छ ।
     भक्तपुरमा गत शनिबार सम्पन्न तेस्रो भेलाबाट लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 
समितिको उपाध्यक्षमा केशव कवां र नविन बज्र लामा, सचिवमा तीर्थरत्न राजचल कोषाध्यक्षमा कल्पना विश्वकर्मा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा विज्वेल सुवाल, राम शिवाकोटी, रामकाजी श्रेष्ठ, निर्मला तामाङ्ग, पुष्पराज भटराई, नगेन्द्र महर्जन, निरा मानन्धर र राजाराम बासी रहनु भएको छ भने बाँंकी ७ जना सदस्य पछि मनोनित गरिने बताइएको छ । भेलाको उद्घाटन बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले गर्नु भएको थियो । कार्यक्रममा मन्त्री मोक्तानले खेलकुद क्षेत्रको बिकासका लागी  आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघका केन्द्रीय अध्यक्ष पूर्णप्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष कुमार कार्की केद्रीय सदस्य राजकुमार लघू लगायतले संघले गरेका  विविध गतिविधि र भावी योजनाबारे जानकारी गराउनु भएको थियो ।
संघका निवर्तमान अध्यक्ष उमा थपलियाको सभापतित्वमा सम्पन्न भेलामा प्रदेश भित्रका जिल्लाबाट प्रतिनिधिहरु सहभागी रहेका थिए ।