2026 April 26/ 04:39: 35pm

भकुण्डेवेशी/नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०७९/८० को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
    नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भगिरथ अधिकारीका अनुुसार, १४ स्वास्थ्यबाट सो उमेर समुहका ३ सय २३ जनाले खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो । उनका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए ।