बनेपा/बागमती टिपर ब्यवसायी संघले संस्थाका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्य नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय उपाध्यक्ष तथा धितोपत्र बोर्डको संचालक सदस्य नियुक्ति भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
अध्यक्ष सुरेश खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहाकार बैद्यले नेपालको वर्तमान अवस्था अनुसार उद्योगी ब्यवसायीका पक्षमा खेल्नु पर्ने भूमिकाका लागि आफु सधै तयार भएको बताउनु भयो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजभक्त प्रधान, पुर्व अध्यक्ष शेरबहादुर कुँवर, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु प्रकाश मानन्धर र कृष्णगोपाल भैल, आभाष साकोस अध्यक्ष दिनेश कायश्थ, संस्थाका उपाध्यक्ष नविन बैद्य, सचिव रावेश खत्री लगायतले बागमति टिपर ब्यवसायी संघले खेलेको भूमिका र आगामी दिनमा ब्यवसायलाई अझै प्रभावकारी बनाउन प्रयत्न गर्ने बताउनु भयो । कार्यक्रममा अध्यक्ष सुरेश खत्रीले बागमती टिपर ब्यवसायी संघले ब्यवसायी र मजदुरका पक्षमा विभिन्न कार्यक्रम गरेको, दुर्घटना न्यूनिकरणका लागि कार्य गरिरहेको बताउनु भयो । कार्यक्रममा टिपर ब्यवसायीहरुको सहभागिता रहेको थियो ।









