बनेपा/जीवन विज्ञान जिल्ला परिषद् काभ्रेको आयोजनामा एक दिवसीय तनाव विसर्जन कार्यशाला गत शनिवार बनेपाको पार्टी भेन्युमा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले पानसमा दिप प्रज्वलन तथा प्रशिक्षक रुपा विभूति र दीक्षा थापाले गणपति मन्त्र उच्चारण पाठ गरी कार्यशालाको उद्घाटन गरिएको थियो । कार्यशालामा वडा नं ७ अध्यक्ष हिट्लर शाक्य र प्र.ना.उ.रेशम बोहरा साथ अतित्थता रहेको थियो ।
जीवन विज्ञान शिक्षक होमनाथ आचार्य र बिन्दा भट्टराईद्वारा सञ्चालन गरिएको तनाव विसर्जन कार्य ९६ जनाले सहभागिता जनाएका थिए । कार्यक्रम शुभकामना मन्तव्यको क्रममा प्रमुख जिल्ला अधिकारीले नसर्ने ८० प्रतिशत रोगहरू योगा विधिबाट समाधान हुने बताउनु भयो । जीवन विज्ञान तनाव बिसर्जन कार्यशाला नौलो अनुभूति भएको बताउँदै सहभागीहरूले दैनिक जीवनमा योग, ध्यान, प्राणायाम अनिवार्य आवश्यकता रहेको विचार ब्यक्त गरेका थिए ।









