2026 April 26/ 04:25: 25pm

    बनेपा/नेपाल परिवार नियोजन सघं काभ्रे शाखाको आयोजनामा स्थानीय निति निर्मातासंग  बृहत यौनिकता शिक्षा तथा यसको महत्व र काभे्र शाखाको सेवा तथा वर्तमान सम्बन्धी अन्र्तक्रिया  गरेको छ । 
    कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोरा, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, बनेपा नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो, नेपाल परिवार नियोजन सघंका केन्द्रिय सदस्य ईन्द्र लक्ष्मी श्रेष्ठ, शाखाका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा शाखा प्रवन्धक तुलसी देवी मानन्धरले परिवार नियोजन सघं काभ्रे शाखाले २०२३ को मार्च सम्म १२ हजार ९ सय २३ ले सेवा लिएको बताउनु भयो । शाखाले सुरक्षित गर्भपतन, स्थायी परिवार नियोजन, परिवार नियोजन सम्बन्धी अस्थायी साधनहरु, एचआईभि एड्स १०७७, प्रसुती सेवा १६२९, गर्भनिरोधक सेवा ३ हजार ८ सय १३,  स्त्री रोग २८०३, बालचिक्सक सेवा १६५ एसटी आई सेवा १ हजार ७ सय ८५ लगाएत थुप्रै सेवाहरु प्रदान गरेको मानन्धरले बताउनु भयो । कार्यक्रमका सभापति तथा काभ्रे शाखाका सभापति शुभराज जोशीले सघंले स्थानीय तहसगं समन्वय गरी सेवा प्रदान गर्ने बताउनु भयो । सेवालाई थप प्रभावकारी गर्न स्थानीय सरकारको सहयोग आबश्यक रहेको जोशीले बताउनु भयो ।