2026 April 26/ 04:25: 24pm

    बनेपा/राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा शुक्रबार र शनिबार दुई दिन आयोजना गरिएको खुल्ला राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधी अनेरास्ववियु काभ्रेले हात पारेको छ । धुखमी धुलिखेल समुहलाई हराउँदै अनेरास्ववियुले उपाधी हात पारेको हो । 
    विजेता समुहले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता धुखमी समुहले नगद २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उप विजेता तथा सहयोगीहरुलाई नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु, राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष अमित लामा, जिल्ला अध्यक्ष इश्वर बल्धव सापकोटा लगायतका नेताहरुले पुरस्कार वितरण गर्नु भएको थियो । समापन कार्यक्रममा उत्कृष्ट खेलाडी तथा सहयोगीहरुलाई प्रशशापत्रद्वारा सम्मान गरिएको थियो । पुर्व मन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । 
    ४७ टिमको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न स्थानबाट फुटसल प्रतिस्पर्धामा भाग लिएका थिए । राष्ट्रिय युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्धव सापकोटाका अनुसार आगामी दिनमा पनि युवाहरुको शशक्तिकरण तथा ब्यवसायीकताका लागि युवा संघले नयाँ कार्यक्रम आयोजना गर्नेछ । स्वस्थ र ब्यस्त रहन युवाहरुलाई उत्पादन तथा उर्जावान कार्यमा संलग्न गराउन पार्टी र जनबर्गिय संगठनहरु कृयाशिल हुने उहाँले बताउनु भयो । एमाले अध्यक्ष अशोक ब्याञ्जुले रचनात्मक कार्यले युवाहरुको आर्कषण बढ्ने बताउनु भयो । १५ मिनेटको समय तालिका भित्र टिमले प्रतिस्पर्धी समुहलाई पराजित गरेका थिए । राष्ट्रिय रेफ्रि रोजन श्रेष्ठ मुख्य रेफ्रिका रुपमा रहेका थिए । फुटसलमा यति धेरै समुह सहभागि भएको पहिलो भएको युवा संघका सचिव सिवी लामाले बताउनु भयो । लामाले विभिन्न क्षेत्रबाट सहभागि युवाहरुको सक्रियतालाई आगामी दिनमा पनि रचनात्मक कार्यबाट सम्बोधन र सहकार्य गर्ने बताउनु भयो । यस अघि युवा संघले एमाले जिल्ला कमिटी, प्रेस चौतारी लगायतसँग मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो ।