2026 April 26/ 03:13: 39pm

    पनौती/पनौती वडा नम्बर ७  को बार्षिक कार्ययोजना अन्तर्गत नवरत्न अंग्रेजी मा.वि.मा संचालित नवरत्न बाल समूहद्वारा अन्तर बाल समूह स्तरिय चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । 
    १५ वटा बाल समूहका ३६ जना बालबालिकाले सहभागिता जनाएका थिए । कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष सविन ताम्राकारको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकमा पनौतीका बरिष्ठ चित्रकार नरेश सैंजु रहनु भएको थियो । कार्यक्रममा सरू देउला, तारिणी दुवाल तथा श्याम कुमार बस्नेत र बालमैत्री सहजकर्ता गिता तिमल्सिना लगायतको सहभागिता रहेको थियो । सभापति अध्यक्ष श्रृदेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घघोषण सह–सचिव प्रविणा दाहालले गर्नु भएको थियो । ‘ हाम्रो सँस्कृती र सम्पदा’ नामक प्रतियोगितामा जलविनायक बालसमूहका समर्थ स्याउला, पुण्य मा.वि.बाल समूहका अनुकुमारी भोलन, सूर्याेदय बालसमूहका गरिमा लामा र नवरत्न बाल समूहका सुनित धाँजु, साथै भद्रकाली बाल समूहका श्रृनित पसछें र नव रत्न बाल समूहका शान्ती तामाङ्ग उत्कृष्ट भएका थिए । सहभागीलाई प्रमाण पत्र र उत्कृष्ट स्थान तथा उत्कृष्ट सहभागी स्थान प्राप्त गर्नेलाई प्रमाण पत्र, ट्रफि तथा मेडल वितरण गरिएको सह प्रधानाध्यापक तथा विद्यालय बालमैत्री शिक्षक सृजन पसंक्षेले जानकारी दिनु भयो ।