2026 April 26/ 03:13: 40pm

    बनेपा/बौद्ध विद्याश्रम बनेपामा ज्येष्ठ नागरिक वडा समिति र बौद्ध बृद्धाश्रमको संयुक्त आयोजनामा बनेपा नगरपालिका वडा नम्वर ८ बाट आउनु भएका ज्येष्ठ नागरिकहरुको सम्मानमा आयोजित सामुहिक खाजा खाने र स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 
    ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका अध्यक्ष सिध्दिबहादुर कर्माचार्य, उपाध्यक्ष त्रिरत्न रजितकार,  बागमती प्रदेश तथा जिल्ला संघका सदस्य रमेशकाजी श्रेष्ठ, ज्येष्ठ नागरिक जिल्ला संघ काभ्रेका कोषाध्यक्ष तथा बनेपा नगरपालिका वडा नम्वर ८ का सल्लाहकार दैवज्ञराज कायस्थ, बनेपा नगरपालिका वडा नं ८ ज्येष्ठ नागरिक वडा नं ८ को समितिका अध्यक्ष तथा जिल्ला संघ काभ्रेको सदस्य रेशमलाल श्रेष्ठ, जिल्ला सदस्य पुनमाया कर्माचार्य लगायतको सहभागिता रहेको थियो । भेटघाट कार्यक्रममा ४२ जना ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।