2026 April 26/ 03:13: 15pm

पनौती/ज्या पुन्हि जात्राको अवसरमा जेठ १५ देखी २७ सम्म सञ्चालन गरिएको पनौती रमाईलो मेला गत शनिबार सम्पन्न भएको छ । ममता केन्द्र नेपालको आयोजनामा भएको उक्त मेलामा ४० हजारले अवलोकोन गरेको केन्द्रका अध्यक्ष संगम लामाले बताउनु भयो । लामाले पनौतीको विद्यालयहरुका विद्यार्थीहरुलाई विशेष छुट र पुण्य माविलाई र जेष्ठ नागरिकहरुलाई निःशुल्क अवलोकन गराईएको बताउनु भयो । मेलामा बच्चाहरुले खेल्ने, रोटे पिङ्ग, विभिन्न खेल सामग्रीहरु रहेको थियो । उक्त संस्थाले दशै, तिहार, विभिन्न पर्वहरुमा विभिन्न ठाँउमा गएर मेला गर्दै आएको लामाले बताउनु भयो ।