2026 April 26/ 03:13: 14pm

बनेपा/भोमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उक्त संस्थामा आबद्ध ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई गौरती भिमसेन चौतारामा जेष्ठ नागरिक तिर्थाटन र जेष्ठ नागरिक सम्मान गरेको छ । जेष्ठ सदस्यहरुलाई संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठले दोसल्ला, निवर्तमान अध्यक्ष सत्य नारायण श्रेष्ठले र पूर्व अध्यक्ष मोहन कृष्ण श्रेष्ठले सम्मान गर्नु भएको थियो । 
     कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने   संस्थाका प्रबन्धक सुनैना श्रेष्ठले संस्थाको गतिविधिबारे प्रकास पार्नुभएको थियो । कार्यक्रममा जेष्ठ नागरिकको तर्फबाट गोपाल प्रधान, संस्थाका श्याम नारायण भालु लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नुभएको थियो भने उद्घोषण सचिव कान्छा कुमार श्रेष्ठले गर्नुभएको थियो ।