बनेपा/सिडब्लुसी पोलिक्लिनिक बनेपाले बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिर परिसरमा एक दिने निःशुल्क सुगर तथा प्रेसर परीक्षण गरिएको छ । चण्डेश्वरी मन्दिरमा रहेको अस्थायी प्रहरी पोष्ट, चण्डेश्वरी मन्दिर बनेपा, प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।
परीक्षणमा डा.प्रकाश सुवालले शिविरमा सहभागिहरुलाई परीक्षण गर्नु भएको थियो । सिडब्लुसी पोलिक्लिनिकले समय समयमा विभिन्न स्थानमा निशुल्क शिविर आयोजना गरिरहेको छ । बनेपाको चारदोबाटोबाट नियमित सेवा उपलब्ध गराउँदै आएको पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।









