धुलिखेल/नेपाल जेसीजको १६ औ राष्ट्रिय लेडी एकेडेमी काभ्रे लेडी जेसीजको आतिथ्यतामा हिमालय दृश्य बनेपामा सम्पन्न भएको छ । एकेडेमीको उद्घाटन नेपाली काँग्रेसका प्रदेश महामन्त्री तथा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादेले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै सभासद् बादेले युवाहरुको सशक्तिकरण, क्षमता बृद्धी र सशक्तिकरणमा जेसीजले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । ‘युवाहरु कुनै न कुनै रुपले विदेशिने क्रम बढेको छ’– सांसद् बादेले भन्नुभयो– ‘जेसीज जस्ता संस्थाको माध्यमबाट युवाहरुको सशक्तिकरण गरी स्वदेशमै खेलकूद तथा अन्य माध्यमबाट रोक्न सक्ने वातावरण बनाउनु आवश्यक छ ।’
काभ्रे लेडी जेसीज वर्ष २०२३ की अध्यक्ष जेसी बुद्धलक्ष्मी मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धर लगायतको सहभागिता रहेको थियो । जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले केन्द्रले तय गरेका २७ वटा राष्ट्रिय कार्यक्रम अन्र्तगत धुलिखेलमा काभ्रे लेडीको आतिथ्यतामा भएको कार्यक्रम १२ आंै भएको बताउनु भयो । यसअघि यो कार्यक्रम विभिन्न शाखाले आयोजना गर्दै आएका थिए । काभ्रेमा आयोजना भएको यो पहिलो पटक भएको काभ्रे लेडी जेसीजकी लेडी एकेडेमी डाईरेक्टर रोजी मुनांकर्मीले बताउनु भयो । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष मानन्धरले राष्ट्रिय समितिले शाखालाई जिम्मेवारी दिने, तल्लो तहमा प्रभाव पार्ने गरी शाखा र शाखामा आबद्ध सदस्यहरुको क्षमता विकास गर्ने तथा अभिबृद्धि गर्ने अभियानमा जेसीज कृयाशिल रहेको बताउनु भयो । यो एकेडेमीले आन्तरिक पर्यटन बृद्धि गरी जिल्ला समेत चिनाउन प्रयास गरिएको काभ्रे लेडी अध्यक्ष बुद्धलक्ष्मी मानन्धरले बताउनु भयो ।
कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्य, जेसीजका केन्द्रिय पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका बारेमा जानकारी दिदै लेडी जेसीजका संयोजक एवं वर्ष २०२२ का अध्यक्ष सुमित्रा बादेले समृद्ध समाजका लागि महिला भन्ने अभियानलाई देशभरका शाखाबाट सहभागि भएका लेडीहरुलाई पु¥याउन दुई दिनेको एकेडेमी महत्वपूर्ण रहेको बताउनु भयो । १ सय ७८ शाखाबाट प्रतिनिधित्व हुने गरी १ सय ५० भन्दा धेरै सहभागि भएको कार्यक्रममा मधेश प्रदेश विश्व विद्यालयका उपकुलपति तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर दिपक शाक्य, मेचिनगर लेडि जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, साईक्याट्रिस्ट सनम पौडेल, मानवअधिकारकर्मी राजु सरकार, महिला अधिकार तथा कानूनी अधिवक्ता कृष्णप्यारी नकर्मी, पाटन लेडी जेसीजका पुर्व अध्यक्ष एवं करिअर काउन्सिलर सुस्मा श्रेष्ठ, काभ्रे लेडी जेसीजका पूर्व अध्यक्ष एवं साहित्यकार सृजना दुवाल, पूर्व मिस नेपाल इभाना मानन्धर लगायतले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।
दुई दिनसम्म संचालन भएको प्रशिक्षण कार्यक्रममा तालिमका अलावा जुम्बा, फेलोसिप, साईड सिन लगायतका कार्यक्रम समावेश गरिएको लेडी जेसीज काभ्रेकी महासचिव सविता बज्राचार्यले बताउनु भयो । कार्यक्रम रुविना मकै श्रेष्ठले संचालन गर्नु भएको थियो ।









