2026 April 26/ 02:59: 11pm

बनेपा/नैतिक ब्यबहारिक तथा ब्यबसायीक शिक्षाको लागी ज्ञानकुन्ज भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै विगत २१ वर्ष देखी काभ्रेको बनेपामा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षा क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । 
    विद्यालयले पढाई सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सांस्कृतिक, धार्मिक, साहित्य, खेलकुद तथा समाजलाई प्रत्यक्ष सरकोकार राख्ने सामाजिक सेवा र विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको छ । प्रतिष्ठानले ३ वर्ष अघि जिल्लामै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरु बिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उदेश्यले आगामी असार २ गते शनिबार तेस्रो ज्ञानकुञ्ज रोडरेस प्रतियोगिता २०८०को आयोजना गरेको छ । उक्त कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैधले कार्यक्रमका बारेमा बताउनु भएको थियो । बिहान ६ बजे सुरु हुने रोड रेसमा छात्र÷छात्रा दुबै अलग अलग समाबेश गरिएको छ भने छात्राहरुको रोडरेस ३ किलोमिटर रहने छ । छात्रहरुको लागी ७.५ किलोमिटर हुने जनाएको छ । उक्त रोडरेसमा प्रथम हुनेलाई ३० हजार, द्धितिय हुनेलाई २० हजार र तृतियलाई १० हजार नगद पुरस्कार रहेको छ भने प्रतियोगितामा सहभागिताका लागी १ सय रुपैया लाग्नेछ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रवन्ध निर्देशक प्रताप बैधले सफल जिवनका लागी स्वास्थ्य, स्वास्थ्यका लागी खेलकुद भन्ने नारालाई आत्मसात गर्दै विद्यार्थीहरुलाई अनुशासित र एसईई सम्पन्न पश्चात विद्यार्थीहरुको अतिरिक्त समयमा अनावश्यक कुलत तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनिहरुलाई खेलकुद मार्फत सहि बाटो र अनुशासनमा राख्नको लागी प्रतियोगिताको आयोजना गरिएकोे जानकारी दिनु भयो ।
     प्रतियोगितालाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने बैधले वताउनु भयो । कार्यक्रममा प्रतिष्ठानका सञ्चालक सदस्य आत्माराम थापा, नेपाल पत्रकार महासघंका अध्यक्ष बद्रीराज तिमल्सिना लगाएतको सहभागिता रहेको थियो ।