2026 April 26/ 02:59: 51pm

    बनेपा/चैतन्य बहुमुखी क्याम्पसको आयोजनामा विश्वविद्यालयको सहयोगमा सरोकारवालाहरु सगं शैक्षिक बहस कार्यक्रमको आयोजना गरेको छ । 
    क्याम्पसका सञ्चालक सदस्य तथा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त शैक्षिक बहश कार्यक्रममा शिक्षा मन्त्रालयका स्रोत ब्यक्ति डा.हरि लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । 
    प्रमुख अतिथी लम्सालले वर्तमान परिस्थितीमा चाहिने जनशक्ति अभाव भएकाले बजारमा चाहिले दक्ष जनशक्ति उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो । दक्ष जनशक्ति केहि वर्ष देखी विदेशिने क्रम बढ्दै गएकाले उक्त दक्ष जनशक्तिलाई कसरी नेपालमै रोक्न सकिन्छ भन्ने बहस भैईरहेको लम्सालले बताउनु भयो । विद्यार्थीहरुलाई संस्कार युक्त शिक्षा र प्रयोगात्मक शिक्षा सगै दिनु पर्ने, काम सानो र ठुलो हुदैन आफ्नो योग्यता अनुसार काम गर्न लजाउन नहुने, ब्यबहारिक शिक्षा दिनु पर्ने, केहि गरी उच्च शिक्षाका लागी विदेशिनु पर्ने नै भए पनि पढाई सकेपटि आफ्नै देशमा आएर बाहिर सिककेका सीप र शिक्षा प्रयोगमा ल्याएनु पर्ने बहस चलेको थियो । नेपालमै ठुला ठुला उद्योग तथा रोजगार सिर्जना गरेर युवाहरुलाई रोक्नु पर्ने यदि युवाहरुलाई रोक्न नसकिएमा केहि वर्ष पछि नेपाललाई चाहिने दक्ष जनशक्तिको अभाव हुने, यसलाई रोक्न सबै क्षेत्रबाट लाग्नु पर्ने बहस चलेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रविधि अनुसारको शिक्षा, बढी भन्दा बढी संस्कार युक्त, प्रयोगात्मक शिक्षा पाठ्यक्रममा नै राख्नु पर्ने छलफल चलेको थियो । कार्यक्रमका  सभापति तथा नगर प्रमुख शान्ति रत्न शाक्यले नगरपालिकाले प्राविधिक शिक्षाका लागी र गुणस्तरीय शिक्षा दिन विद्यालयहरुलाई सहयोमा  कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । कार्यक्रममा प्रोफेसर डा. कबिप्रसाद पोखरेल, प्रोफेसर डा. विद्यानाथ कोईराला र डा चन्द्र प्रसाद लुईटेलले हाम्रा पाठ्यक्रम, पाठ्यपुस्तक शिक्षण शैली, शेक्षिक सामाग्री, मुल्याकन आदिमा के कस्तो परिवर्त गर्नु पर्ने हो बहस चलिरहेको बताउनु भयो । आजको  शिक्षाको अबस्थाका बारेमा विद्यार्थीलाई पढाईमा अब्बल बनाउन हामिले कस्तो शिक्षा दियौ, अहिले कस्तो शिक्षा दिदै छौ, विद्यार्थीहरुलाई गरिखाने सीप सिकाउन के ग¥यौ, भोलीका दिनमा के गर्ने योजनामा छौ, विद्यार्थीको पढाईमा र गराईमा जोड्न हामिले के ग¥यौ जस्ता विषयहरु अहिले गम्भिर रुपमा देखा परेको बताउनु भएको थियो  । कार्यक्रममा विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख जुजुभाई मानन्धरले स्वागत मन्तब्य राख्नु भएको थियो  भने सञ्चालन प्राध्यापक अग्नी ज्ञवालीले गर्नु भएको थियो ।