2026 April 26/ 02:59: 52pm

    बनेपा/काभ्रे माध्यमिक विद्यालयको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०८० सम्पन्न भएको छ । 
    प्रतियोगितामा जिल्लाका २२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम माउन्टभ्यु माध्यमिक विद्यालय धुलिखेलका परिस्कृत  रिजाल, राममाया श्रेष्ठ, विधान श्रेष्ठ प्रथम, द्धितिय  अरुणोदय मावि पनौतीका विवश दाहाल, कुशुम तिमल्सिना र सम्प्रदा न्यौपाने र तृतिय पाँचखाल भ्यालि मावि  पाँचखालका कृति लामिछाने, प्रविशा तिमल्सिना र आर्यान मास्के त्यसै गरी सान्त्वनामा विद्यासागर माध्यमिक विद्यालय बनेपाका रोहित सत्याल, नेहा पटेल र रोजिना सापकोटा रहनु भएको छ । हाजिरी जवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कुमार मानन्धरले पुरस्कार  ट्रफि, प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो प्राचार्य मानन्धरले उक्त प्रतियोगिता विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको र आगामी वर्षहरुमा समेत निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । विद्यार्थीहरुमा भएको प्रतिभा, क्षमतालाई उजागार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताउनु भयो । विद्यालयले पढाई सगै उक्त प्रतियोगिता लगाएत विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको र विद्यार्थीहरुको क्षमता दक्षता अनुसारको अन्य एक्टिभिजिट गराएको मानन्धरले बताउनु भयो । कार्यक्रममा विद्यालयका सह प्राचार्यद्धय केशब श्रेष्ठ र विकास श्रेष्ठ, शिक्षक उद्धब लुईटेलले शुभकामना मन्तब्य राख्नु भएको थियो भने शिक्षकहरु श्याम कृष्ण मानन्धर, सिताराम तिवारी र कुमार घिमिरेको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतियोगिता संयोजक शिक्षक सागर लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।