बनेपा/राष्ट्रिय स्वतन्त्र पाटिले काभ्रेका विभिन्न पालिका तथा वडामा संगठन विस्तार गरेको छ । संगठन विस्तार गर्ने क्रमममा बनेपा नगरपालिका वडा नम्बर २ मा वडा भेला सम्पन्न गरेको छ ।
पाटिका प्रभावशालि नेता तथा पुर्व डि आई जि रमेश खरेलको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको छ । प्रमुख अतिथी खरेलले पुराना पार्टिहरुले देशलाई सहि दिशामा लान नसकेका कारण युवाहरु र जनताको विश्वास आकर्षण राष्ट्रिय स्वतन्त पाटीमा रहेको बताउनु भयो । उक्त पाटिले जनताका स साना समस्या , भ्रष्टचार विरोधि र शुसासन सम्बन्धी लाग्ने बताउनु भयो । भेलामा भेलामा बाग्मती प्रदेश उप सभापती दिनेश हुमगाई, बाग्मती प्रदेश सदस्य तथा जिल्ला संयोजक प्रबिण ढकाल उपसंयोजक पुण्यमाता घिमिरे बनेपा नगरपालिकाका सभापती सुरज मकै श्रेष्ठ तथा जिल्ला र पालिकाा प्रभावशाली नेताहरुको उपस्थिती रहेको थियो ।
भेलाको संयोजन समितीका संयोजक अभिमन्यु के सि को सभापतित्व रहेको थियो भने कार्यक्रम सञ्चालन रमेश घिमिरेले गर्नु भएको थियो । भेलाले सभापतिमा बिश्वनाथ घिमिरे, उपसभापतिमा दिपक घिमिरे र सचिबमा रमेश घिमिरेका लगाएत ११ सदस्यीय वडा कमिटी चयन समेत गरेको छ भने सल्हाकारमा श्रीकृष्ण घिमिरेको नेतृत्वमा उप समिती गठन गरेको छ । त्यसै गरी उक्त पाटीले बनेपा नगरपालिकाको वडा न. ३, ५, १३ र १४ समेत प्रारम्भिक भेला सम्पन्न गरेको बनेपा नगर सभापति सुरज मकै श्रेष्ठले जानकारी दिनु भयो ।









