2026 April 26/ 02:59: 50pm

चौरीदेउराली/स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा जिल्लाको कोशिपारी स्थित चौरीदेउराली गाउँपालिकाको धुशेनी शिवालय स्वास्थ्य चौकीमा दुई दिने बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको छ । 
    स्वास्थ्य शिविरमा विभिन्न प्रकारका रोगहरुको परिक्षण, पहिचान तथा निशुल्क औषधी वितरण गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले बताउनु भयो । शिविरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । धुलिखेल अस्पताल, मेथिन्कोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, रेयुकाई मासुनागा अस्पताल लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा चौरीदेउराली गाउँपालिकाको समन्वय रहेको छ । विशेषगरी महिलाहरुका विभिन्न रोगहरुका साथै पाठेघरमा हुन सक्ने क्यान्सरको परिक्षण, क्षयरोगको पहिचान, विभिन्न रोगहरुका बारेमा परिक्षण गरिएको छ ।