2026 April 26/ 03:00: 32pm

बनेपा/बौद्ध बृद्धाश्रम बनेपामा ज्येष्ठ नागरिक जिल्ला सघ काभ्रेको दोस्रो जिल्ला अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभा अध्यक्ष सिद्धिबहादुर कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि ज्येष्ठ नागरिक महासंघ बागमती प्रदेश समितिका सदस्य रमेशकाजी श्रेष्ठ रहनु भएको थियो । कार्यक्रममा उपाध्यक्ष मणिराज श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । 
    सचिव भवानी जोशीले आ.ब.०७८÷०७९ वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रमेशकाजी श्रेष्ठले आय व्यय प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सदस्य दैवज्ञराज कायस्थको माता नारायणदेवी कायस्थको स्मृतिमा कार्यक्रममा श्रद्धान्जली ब्यक्त गरिएको थियो । सञ्जीवनी मा.बि.धुलिखेलमा अध्ययनरत पासाङ योन्जनलाई सदस्य सानु केसीले प्रदान गर्नु भएको छडी र सर्ट प्रमुख अतिथि रमेशकाजी श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । अधिबेशनको बन्द सत्रले प्रतिवेदनहरु सर्वस्म्वतले पास गर्दै नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । जसमा अध्यक्ष सिध्दिबहादुर कर्माचार्य, उपाध्यक्ष त्रिरत्न रञ्जित, सचिव पूर्णबहादुर कर्माचार्य, कोषाध्यक्ष दैवज्ञराज कायस्थ रहेका छन् । सदस्यहरुमा रमेशकाजी श्रेष्ठ, बिजयराम कर्माचार्य, हरिप्रसाद रिजाल, सहदीप पलाँचोके, पुनमाया श्रेष्ठ कर्माचार्य, रेशमलाल श्रेष्ठ, बिनोद बैद्य, सानु केसी, विजया कायस्थ रहेका छन् । 
    ज्येष्ठ नागरिक महासंघ बागमती प्रदेशको आयोजनामा ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने सम्बन्धीको दुई दिने कार्यशाला गोष्ठी हेटौडामा आयोजान गरिएको छ । गोष्ठीमा भाग लिन जिल्लाबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ ।