2026 April 26/ 02:59: 27pm

– मृत सरकारको मौन धारण
    बनेपा/राष्ट्रपति रामचन्द्र पौडेलले मृत अवस्थामा रहेको नागरिकता विधेयक जारी गरी संविधानको उल्लघन गरेको तथा तीन तहकै अदालतले सर्वस्व सहित जन्म कैद तोकिएका रेशम चौधरीको कैद माफि मिनाहा गरेर दण्डहिनता शुरु गरेको बताउँदै एमाले निकट भातृ संगठन र स्वतन्त्र युवाहरुले अलग अलग रुपमा विरोध जनाएका छन् । 
    प्रधानमन्त्री पुष्पकमल दाहाल भारत जानु केहि घण्टा अघि भारतलाई खुशी पार्ने योजनाका साथ मृत अवस्थामा रहेको संविधान विपरितको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले स्विकृत गरेका थिए । राष्ट्रपतिलाई विधेयक पठाउने अधिकार संसद र संसदका अध्यक्ष सभामुखको हो । अघिल्लो कार्यकालमा राष्ट्रपतिले अस्विकृत गरेको विधेयकलाई नयाँ सरकार र नयाँ राष्ट्रपतिले संसदलाई समेत छल्दै जस्ताको तस्तै स्विकृत गरेर संविधानको ठाडो उल्लंघन गरेका छन् । सोहि विरोधमा बनेपामा पौडेल र दाहालको पुत्ला जलाउँदै मसाल प्रर्दशन गरिएको छ । एमाले निकट युवासंघ, अनेरास्ववियु लगायतका संगठनहरुले गणतन्त्र दिवसको दिन साँझ र हिजो बुधबार साँझ पुत्ला जलाउँदै विरोध जनाएका हुन् । 
    त्यस्तै बनेपामा स्वतन्त्र युवाहरुले सरकार मरेको भन्दै १० मिनेट श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।