2026 April 26/ 02:59: 29pm

    पनौती/रोटरी क्बल अफ पनौतीको पहलमा केही महत्वपूर्ण सामाजिक एवं जनचेतना मसलक कार्यक्रम सम्पन्न भएको छ । जेठ ७ गते रोटरी क्लब अफ पनौतीको अगुवाईमा सप्ताहव्यापी सडक सुरक्षाको कार्यक्रम सम्पन्न भएको छ भने जेठ ११ अर्थात् विश्व थाइरोइड दिवसको सन्दर्भमा क्लबका प्रेसिडेन्ट ईलेक्ट एवं कन्सल्टेन्ट फिजिसियन÷ईन्डोक्राईनोलोजिस्ट डा. राजेन्द्र ताम्राकारले रोटा टक अन्तर्गत थाइरोइड विषयमा वेबिनार मार्पmत महत्वपूर्ण जानकारी गराईएको थियो । 
    त्यस्तै मे २८ (जेठ १४) अर्थात् विश्व स्वच्छ महिनावारी दिवसको सन्दर्भमा संस्थापकअध्यक्षएवं कन्सल्टेन्ट गाईनेकोलोजिस्ट प्रा.डा. सुमनराज ताम्राकारले महिनावारीको स्वच्छता विषयमा वेबिनार मार्पmत् प्रभावकारी ज्ञान प्रदान गरिएको थियो । रोट¥याक्ट क्लब अफ पनौती, ईन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली पनौती, ईन्ट¥याक्ट क्लब अफ भक्तपुर र ईन्ट¥याक्ट क्लब अफ काभ्रे भ्यालीको सहभागिता रहेको थियो । भच्र्युअल सेमिनारहरुमा उल्लेख्य मात्रामा सहभागीहरुले भाग लिएका थिए । त्यस्तै जेठ १२ गते ईन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थली पनौतीले फोहरको वर्गीकरण गरि व्यवस्थित तरिकाले व्यवस्थापन गर्न आफ्नै विद्यालयलाई डस्ट वितरण गरि आफ्नो सर्भिस प्रोजेक्ट सम्पन्न गरेको छ । यसका साथै जेठ १५ गते रोट¥याक्ट क्लब अफ काठमाण्डौ विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजले आयोजित ‘द गोल्डेन हिलिङ – डिस्टिग्मेटाईजिङ मेन्टल हेल्थ’ विषयक सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ पनौतीका अध्यक्ष मधुसुधन गुरागाईं, निवर्तमान अध्यक्ष ई. सितु सैंजु लगायतको सहभागिता रहेको थियो ।