पनौती/पनौती नगरपालिका वडा नम्बर ७ का होटल पसलको अनुगमन गरिएको छ । पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारको नेतृत्वमा जनप्रतिनिधि, बालमैत्री सहजकर्ता, प्रहरी, स्वास्थ्य स्वयंसेवीका लगायत सरोकारवालाको उपस्थितीमा अनुगमन गरिएको हो । पनौती नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकारले सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास सँगसँगै बालबालिकाको क्षेत्रलाई प्राथमिकतामा राखेर वडाले काम गरिरहेको बताउनुभएको छ । बालबालिकामा गरिएको लगानी झनै ठुलो विकास भएको उहाँको भनाई छ ।
बालमैत्री दिगोपनाका लागि होटल पसलमा अनुगमन गरिएको बालमैत्री सहजकर्ता गिता तिमल्सिनाले जानकारी दिनुभयो । होटल पसलमा बालश्रम भए÷नभएको, बालबालिकालाई मदिरा, सुर्तिजन्य पदार्थ किनबेच भए÷नभएको अनुगमन गरिएको उहाँले बताउनुभयो । सोहि क्रममा वडा भित्र सञ्चालित व्यवसायहरु दर्ता गर्नका लागि आग्रह समेत गरिएको थियो । वडा सदस्यहरु सरु देउला, तारणी दुवाल, श्याम कुमार बस्नेत, रामसुन्दर भूुजु, वडा सचिव रोशन राज श्रेष्ठ, स्वास्थ्य स्वयंसेविका शान्ति बस्नेत, पनौती प्रहरी चौकीका दिपबहादुर कार्की, यात्री मगर लगायतको उपस्थिती रहेको थियो ।









