काभ्रे/राष्ट्रिय जनसाँस्कृतिक महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा काभ्रेले पाँचौ स्थान हासिल गरेको छ ।
गत शनिबार काठमाण्डौमा भएको प्रतियोगितामा सिन्धुपाल्चोक प्रथम, धादिङ द्धितिय, दोलखा तृतिय, सिन्धुली सान्त्वना र काभ्रे पाँचौ भएको जनसाँस्कृतिक महासंघ बागमती प्रदेश सदस्य रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा काभ्रेबाट विनायक न्यौपाने, राधिका कर्माचार्य र सुरेश दाहाल सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।









