2026 April 26/ 01:29: 21pm

बुद्ध जयन्ति समारोह समिति बनेपाको आयोजनामा वोधिचर्या विहारमा अभिनन्दन तथा मैत्री उपहार कार्यक्रम सम्पन्न भएको छ । 
        कार्यक्रममा आठौं संघ नायक श्रेद्धय भिक्षु बोधिसेन महास्थविरलाई योगदानको कदर गर्दै वनेपा नपा प्रमुख शान्त रत्न शाक्यले अभिनन्दन गर्नु भएको थियो । कार्यक्रममा आठौ सघं नायक बोधिसेन महास्थविरवाट २५६७ बुद्ध जयन्ति र्यालिमा सहभागि संघ संस्था, भजन खललाई मैत्री उपहार र पंचशिल प्रदान गर्नु भएको थियो ।  भिक्षु राहुल महास्थविर र भिक्षु मेंधंकर महास्थविरले अभिनन्दनवारे प्रकाश पार्नु भएको थियो ।  समितिका सदस्य हरि शंकर मानन्धरले चिनीमायाँले बोधिसेन महास्थविरलाई दिनु भएको जग्गादानमा पछि भवन निर्माण गरिएको बोधिचर्चा विहार मरणो परान्तप इच्छापत्र मेरा शिष्य, मलाई सेवा गर्ने भिक्षु, श्रामणेर तथा अखिल नेपाल भिक्षु महासंघलाई हुने गरि लेखिएको लिखत पदेर सुनाउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सह सचिव कृष्ण प्रसाद मानन्धरले राख्नु  भएको  थियो भने सञ्चालन सचिव तेज प्रसाद मानन्धरले गर्नु भएको थियो । कार्यक्रम समितिका अध्यक्ष तथा बुद्ध जयन्ती समारोह समितिका संयोजक धर्मलाल मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।