2026 April 26/ 01:27: 37pm

बनेपा/२०६३ सालमा स्थापना भएको क्षितिज ईङ्गलिस बोडिङ्ग स्कूलको पूर्व प्रावि भवन उद्घाटन गरेको छ । 
पूर्व प्रावि देखी कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयले साउनबाट कक्षा ११ अध्यापन गराउने  प्रिन्सिपल लिलाधर पौडेलले जानकारी दिनुभयो । पूर्व प्रावि भवन बनेपा ७ को भक्तेश्वर मार्गको नमोबुद्ध पाटी प्यालेस सँगै रहेको र कक्षा १० सम्म बुडोलमा रहेको बताएको थियो । गुणस्तरीय शिक्षा र प्रविधियुक्त शिक्षाका लागी विद्यालयले कुनै कसुर बाँकी नराख्ने प्रिन्सिपल पौडेलले बताउनु भयो । विद्यालयमा शैक्षिक सत्र २०८० मा ८ सय भन्दा बढी विद्यार्थीहरु भर्ना भएका र उक्त भर्ना अभियान चलिरहेको बताईएको थियो । स–साना नानीबाबुहरुलाई अहिलेको प्रविधिसँगै सिकाईका साथ उनिहरुको रुचि र क्षमता अनुसार अध्यापन गराईने बताउनु भयो । पूर्व प्रावि भवनको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गर्नु भएको थियो । शाक्यले विद्यालय खोल्नु नयाँ नभई गुणस्तरीय र ब्यबहारिक शिक्षा प्रदान गर्नु महत्व रहेको शाक्यले बताउनु भयो । वडा र नगरपालिकाबाट विद्यालयलाई कानूनी लगायत अन्य रुपमा सहजीकरण गर्न तयार रहेको तर स–साना बालबालिकाहरुलाई किताबको बोझ मात्र नबोकाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका संरक्षक गोविन्दलाल प्राधानाङ्ग, विद्यालय ब्यबस्थापन समिती अध्यक्ष उदयराम कायस्थ, सञ्चालक समिती सदस्यहरु, शेयर सदस्यहरु अभिभावक लगाएको उपस्थिती रहेको थियो । कार्यक्रम विद्यालय सञ्चालक समिती अध्यक्ष हरिगोपाल प्रधानाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सञ्चालक सदस्य पूर्णिमा प्रधानाङ्गले राख्नु भएको थियो ।