2026 April 26/ 01:28: 07pm

       बनेपा/जिल्ला बचत संघ काभ्रेको २५ औँ स्थापना दिवस एवं रजत वर्षको अवसरमा गत विहिबार काभ्रेका सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको भेला गरि संघ संस्थामा हुन सक्ने चोरी डकैतिबाट सुरक्षित रहन आधुनिक प्रविधियुक्त उपकरणहरुको प्रयोग विधिको बारेमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । 
      उक्त कार्यक्रममा ४० जनाको सहकारीका ब्यबस्थापक तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले प्रशिक्षण र सुरक्षित रहने सम्बन्धी वताउनु भएको थियो  ।  
कार्यक्रममा सेभिटेक प्रा.लि.का टेक्निसियन सुपरभाईजर निर्मल शर्माले आधुनिक प्रविधियुक्त उपकरणहरुको प्रयोगको बारेमा जानकारी प्रदान गर्नुभएको थियो । सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत एवं म्यानेजर्स क्लब काभ्रेका अध्यक्ष मदन बस्नेतले सामुदायिक साकोसमा चोरी डकैतिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलन मार्फत ४ जनालाई सार्वजनिक गरि अन्य अभियुक्तहरुको बारेमा खोज अनुसन्धान कार्य गरिरहेको र संस्थाले नगद तथा जिन्सी सामानहरुको विमा गरेको हुदाँ विमा दाबी प्रक्रिया समेत भईसकेको कुरा बताउनु भएको थियो । बस्नेतले सबै सहकारी संस्थाहरुलाई सजग रहन र सुरक्षाको व्यवस्थामा थप कडाई गर्न सम्बन्धित निकाय एवं व्यक्तिहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो । अन्र्तक्रिया कायृक्रमका प्रमुख अतिथी तथा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक बोहराले संघ संस्थाहरुमा अनैतिक कार्य गर्ने चोरी डकैती र यौन शोषण एवं हिंसाजन्य क्रियाकलापहरु हुन नदिन त्यसतर्फ प्रहरीले खेल्नुपर्ने भुमिका, जिम्मेवारी र नियन्त्रणमा  प्रतिबद्धता जाहेर गर्दै संस्थाहरु आधुनिक प्रविधिसँग जोडिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष तथा कार्यक्रमका सभापति उदयराम कायस्थले संघ संस्थाहरुमा हुने चोरी डकैतिका र यौनजन्य हिंसा लगायतका क्रियाकलाप हुदाँ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले खेल्नुपर्ने भुमिका र संघ संस्था र नागरिकको सुरक्षाको व्यवस्थामा विचार विमर्श गरि थप कडाईका साथ त्यसतर्फ संलग्न अभियुक्तहरुलाई कानुनी दायरामा ल्याई कार्यवाहि गर्नुपर्ने र प्रविधिको युग भएको हुदाँ संस्थाहरु प्रविधि मैत्रि बनि नगद र जिन्सी समानहरुको विमा समेत गरि सुरक्षित रहन आग्रह गर्नु भएको थियो । संघले निभाउनुपर्ने जिम्मेवारी एवं दायित्वमा काभ्रेका संस्थाहरुसँग सहकार्य गरि अगाडी बढन संघ तयार रहेको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संघका प्रबन्धक गुरुप्रसाद ढकाल र व्यवस्थापन उपप्रबन्धक रवि के.सीले गर्नुभएको थियो ।