बनेपा/६ बर्ष उमेर मुनिका बालबालिकाहरु, जो बढ्दो उमेरको अनुपातमा विकासमा ढिलाई भएका तथा शारिरीक, मानसिक र ज्ञानेन्द्रिय समस्या (अपाङ्गता) भएकाहरुको लागि घरमा आधारित छिटो प्रतिरोधात्मक प्रारम्भिक कार्यक्रम कार्यान्वयन सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ ।
बच्चामा केन्द्रित भई मूलतः अभिभावकलाई नै महत्वपूर्ण मानेर संचालन भएको तालिमको शुभारम्भ बागमती प्रदेशका सांसद्, कन्चनचन्द्र बादेले गर्नुभएको थियो भने समापन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले सहभागिहरुलाई प्रदान गर्नु भए पछि संस्थाका अध्यक्ष सुरथ बहादुर थापाबाट समापन भएको थियो । ४ दिन सम्म संचालन भएको सो तालिमका सहभागिहरु बनेपा नगरपालिकाको १४ वटै वडाका महिला स्वास्थ्य स्वयम सेवीकाहरु मध्ये ११ जना प्रतिनिधिहरु,शिक्षकहरु लगायत २३ जना लाई प्रमुख प्रशिक्षकको रुपमा मणिराज श्रेष्ठ, प्रशिक्षकको रुपमा सुरेश प्रधान,शान्तलाल श्रेष्ठ,कान्छी मैंया थापाबाट विकासमा ढिलाई तथा अपाङ्गता भएका बालबालिकाहरुको पहिचान, पोर्टेज संस्थाको सामान्य परिचय, छिटो प्रतिरोधात्मक कार्यक्रमको आबश्यक्ता, महत्व तथा फाईदाहरुका,छिटो प्रतिरोधात्मक कार्यक्रम कार्यान्वयन कार्यनीतिका चरणहरु, बाल विकास र विकासात्मक ढिलाई,पोर्टेज चेकलिष्ट र कार्डको महत्व र यसमा भएका विकासात्मक क्रियाकलापहरु बारे क्षेत्रगत रुपमा प्रयोेग,लेखाजोखाको माध्यमबाट बच्चाको विद्यमान स्थिति थाहा पाउने तरिकाहरु, आधार रेखा तथा लक्ष्यहरु निर्धारण,कार्य बिश्लेषण, गुणस्तरिय सिकाईको लागि संबलन, पथप्रदर्शन वा सहयोग ९एचयmउतष्लन०, शिक्षण सिकाईका प्रभावकारी बिधि तथा तरिकाहरु, गृहभेट जादा ध्यान दिनु पर्ने प्रक्रियागत कार्यहरु, सहजकर्ताको भूमिका,वैयक्तिक शैक्षिक योजना,मूल्यांकन अभिलेख लगायतका बिषयहरुमा सहजिकरण गर्नु भएको थियो । उक्त तालिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक अनुदान सहयोग तथा बनेपा नगरपालिका र पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको आयोजनामा सम्पन्न भएको थियो ।









