2026 April 26/ 01:15: 13pm

बनेपा/नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबाट गठित काभ्रे जिल्ला यातायात समन्वय समितिको संयोजकमा सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि. का अध्यक्ष राजेश कुमार श्रेष्ठ चयन हुनु भएको छ ।
    काभ्रे जिल्लाका यातायात व्यवसायीहरुको भेलाबाट गठन भएको कार्य समितिको सचिव राजेश सुन्दर सैंजु (काभ्रे पूण्यवती यातायात प्रा.लि का) अध्यक्ष  कोषाध्यक्ष बर्ण शाक्य काभ्रे बस प्रा.लि.का अध्यक्ष सदस्यहरुमा विल बहादुर श्रेष्ठ (रमेश), कविर कुमार रञ्जित, त्रिरत्न रञ्जित, केशव पौडेल, उकेश तौजले रहनुभएको छ । समितिको प्रमुख सल्लाहकारमा आत्माराम थापा, गणेश हिमाल तराई यातायात प्रा.लि रहनु भएको छ । भेलामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाग्मती प्रदेश प्रमुख सुबन गिरीको उपस्थिति रहेको थियो ।