पनौती/पुण्य माध्यमिक विद्यालयको ५४ औ वार्षिक उत्सब तथा २०७९ सालको वार्षिक परीक्षमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्याक्रम र नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका ब्यबस्थापन समिती अध्यक्ष राजेन्द्र कुमार कर्मचार्यले गर्नु भएको थियो । कार्यक्रममा २०७९ सालको वार्षिक परिक्षमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई प्रमुख अतिथी भण्डारीले बधाई दिदै पुरस्कार वितरण गर्नु भएको थियो । भण्डारीले विद्यार्थीहरुलाई शिक्षा महत्व भएकाले दाँया बाँया ध्यान नदिई एकाग्रह भई अध्ययन गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रध्यानाध्यापक नवराज श्रेष्ठले राख्नु भएको थियो भने विद्यालयको वार्षिक प्रतिवेदन प्रध्यानाध्यापक सरस्वती कँडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, वडा नम्बर ७ का वडा अध्यक्ष सविन ताम्राकार, स्रोत ब्यक्ति महेश्वर जंगम लगायतको उपस्थिति रहेको थियो ।









