2026 April 26/ 01:15: 11pm

पनौती/जिल्लाकै नमूना रहेको भलेश्वर माध्यमिक विद्यालयको ६६ औ वार्षिक उत्सव पूर्व सञ्चारमन्त्री तथा सांसद् गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
प्रमुख अतिथी बास्कोटाले सामुदायिक विद्यालयको शिक्षामा सुधार हँुदै गएको तर अझै पयाप्त हुन नसकेको बताउनु भयो । जिल्लाकै नमुनाका रुपमा रहेको यस भालेश्वर माध्यमिक विद्यालयबाट अन्य सामुदायीक विद्यालयले पनि गुणस्तरीय शिक्षाका लागि अनुशरण गर्नुपर्ने बास्कोटाले बताउनु भयो । भुकम्प पछि क्षत्विक्षत् भएका विद्यालयका भवन जिल्लामा ९७ प्रतिशत सम्पन्न भए पनि गुणस्तरमा ध्यान पुग्न नसकेको बताउनु भयो । नेपाल सरकारले आफू मन्त्री भएका समयमा सामुदायीक विद्यालयहरुमा कम्प्युटर, लाईब्रेरी प्रदान गरे पनि कतिपय विद्यालयले सदुपयोग गर्न नसकेको बास्कोटाले बताउनु भयो । अब सामुदायिक विद्यालयले प्रविधियुक्त गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रध्यानाध्यापक रामचन्द्र थापाले प्रस्तुत गर्नु भएको थियो । विद्यालयमा शैक्षिक सत्र २०८० मा ९ सय विद्यार्थीहरु भर्ना भैई सकेको र उक्त भर्ना क्रम जारी रहेको बताउनु भयो । विद्यालयमा सुविधा युक्त भवन निर्माण सम्पन्न भएको, कक्षा १० सम्म अंग्रेजी माध्यमद्वारा अध्यापन गर्दै आएको र विद्यालयले विद्यार्थीको क्षमता अनुसारको अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको थापाले बताउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी पूर्व प्रदेश मन्त्री चन्द्र लामा पूर्व सांसद कमला थापा जिल्ला समन्वय समित संयोजक दिपक गौतम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, पुर्व प्रमुख भिम न्यौपाने तेजगंगा बहुमुखी क्याम्पसका संस्थापक क्यामपस प्रमुख डा. अम्भु भवानी कार्कि लगाएतको सहभागिता रहेको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य शिक्षक रविन्द्र बन्जाराले राख्नु भएको थियो भने सञ्चालन शिक्षक हरिप्रसाद तिमल्सिनाले गर्नु भएको थियो । कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयलाई विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।