बनेपा/लायन्स क्लब अफ बनेपा सिटीको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाबाट लायन बर्ष २०२३–०२४ को लागि डा.के.बि. मानन्धरको अध्यक्षतमा नयाँ संचालक समिति चयन गरिएको छ । जसमा प्रथम उपाध्यक्ष मञ्जु शाह ठकुरी, द्वितिय उपाध्यक्ष भाष्कर पराजुली सचिव उदयराम कायस्थ कोषाध्यक्ष रोशना राजबंशी सह–कोषाध्यक्ष रमेश काजी श्रेष्ठ लियो क्लब सल्लाहकार गणेश कुमार रंजित क्लब प्रशासक सुदिप श्रेष्ठ सदस्य वृद्धि प्रमुख अनिता रंजित लसिआइएफ प्रमुख पुनम श्रेष्ठ सेवा प्रमुख निराजन कारंजित चयन हुनु भएको छ । साधारण सभा क्लबका अध्यक्ष लायन बुद्ध रत्न मानन्धरको सभापतित्वमा र संस्थापक अध्यक्ष गणेश कुमार रंजितको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मञ्जु शाह ठकुरीले पेश गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियको प्रमुख नारा हामी सेवा गर्छाै, भन्ने भावनालाई अंगीकृत गर्दै तीन बर्ष अगाडि बनेपामा स्थापित उक्त क्लबले समाजको विविध क्षेत्रमा मानवीय सेवा गर्दै आइरहेको प्रमुख अतिथि गणेश कुमार रंजितले बताउनु भयो । कार्यक्रममा सचिव भाष्कर पराजुलीले संचालन गर्नु भएको थियो ।









