बनेपा/नेपाल राष्ट्र र नेपाली जनताको कल्याणहेतु पावन तीर्थस्थल लड्केश्वरमा आगामी फागुन शुक्ल पक्षदेखी श्रुतिस्मृतिपुराणेक्त विधिविधानले राष्ट्रियस्तरको कोटीहोम महायज्ञ हुने भएको छ ।
ओमकार फाउण्डेशन र ओमकार टेलिभिजनको आयोजनामा राष्ट्रको धार्मिक÷आध्यात्मिक जागरण एवं संस्कृतिक एकीकरण अभियानका लागी नेपाल अधिकारज्यभरका ७७ जिल्लामा राष्ट्रिय कोटिहोम रथयात्रा गर्न लागिएको फाउण्डेशनका अधयक्ष एवं कोटिहोम संकल्पकर्ता मुकुन्द शर्मा हुमागाईले पत्रकार सम्मेलनमा बताउनु भयो । पनौती नगरपालिका ११ बल्थलीमा बन्दै गर्दा अलपत्र परेको विश्वकै ठुलो त्रिशुल निमार्ण सम्पन्न पश्चात उक्त ठाँउमा कोटिहोम गर्न लागिएको बताएको छ । कोटिहोम १ महिना सम्म १०८ जना ब्रामणद्धारा १ लाख केजी चरुहोम गर्न(जौ, चामल, तिल र घिउ) गरी आबश्यक पर्ने र उक्त होमका लागी समिदा आवश्यक पर्ने हुमागाईले वताउनु भयो । ७७ वटै जिल्ला बाट १५ सय केजीका दरले चरुहोम उपलब्ध हुने विश्वास लिएको र काभ्रे जिल्लाले छुट्टै विशेषयोगदान दिने हुमागाईले बताउनु भयो । सम्पुर्ण भक्तजनहरुलाई धार्मिक रुपमा चरुहोम गर्न सक्दो सहयोग गर्न आब्हान समेत गरिएको छ । कलियुगको प्रभाबले हाल संसारभर विकृति, विसंगति र अर्धमको विस्तार हुदै जाँदा धर्मको ग्लनी भएको र अतिबृष्टि, अनाबृष्टि, वाताबरण प्रदुषण, महाभुकम्प, कोरना महामारी जस्ता ब्याधिप्रकोप, अनिकाल, भोकमरी, अशान्ति, गृहभङ्ग, राष्ट्रभङ्ग आदि समस्याले संसार अक्रान्त भएको र यि सबै समस्या र प्रकोपबाट देश र देशबासीलाई बचाउन राज्यले कोटिहोम अतिरुद्री, सहश्रचण्डी जस्ता ठुल्ठुला यज्ञ गर्नुपर्छ भन्ने शास्त्रीय बचन रहेकाले उक्त कार्य गर्न लागीएको हुमागाईले बताउनु भयो । रथ यात्रा जेठ १ गते एकादशी बाट बनेपाको चण्डेश्वरी मन्दीरबाट शुरु भई जिल्लाका महत्वपुर्ण धार्मिक स्थलमा पुगी ७७ वटै जिल्ला जाने बताएको छ ।









