पनौती/पनौती नगरका विभिन्न स्थानबाट प्रतिनिधित्व गरेर सहभागी भएका ३४ जना ब्यक्तिहरुको भेलाले नगरपालिकाका विभिन्न विषयमा १२ बुँदे ज्ञापन पत्र बुझाएको छ । आईतबार नगरपालिका प्रमुख रामशरण भण्डारीलाई ज्ञापनपत्र बुझाईएको सहभागीहरुका तर्फबाट राजु थापाले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा उल्लेख भएका बुँदाहरुमा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक हिसाबले पनौती नगरपालिकाको नाम परिवर्तन गर्न, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, साहासिक तथा ग्रामीण पर्यटकीय स्थल बनाउन पहल गनै, छाडा चौपाया, जंगली जनावर लगायतको आतंक न्युनिकरण तथा ब्यबस्थापनमा उचित पहल गर्न, कृषकको वर्गीकरण गरि वास्तविक कृषकलाई कृषक परिचयपत्र बितरण गरि सिंचाइ, मल ब्यबस्थापन, कृषिमा बैज्ञानिकिकरण, स्थानीय बीउ बिजनको संरक्षण, तरकारी तथा फलफुलको उचित बजारिकरण तथा साना एवं मझौला किसानलाई प्रोत्साहन गर्न, युवा तथा खेलकुद, बालबालिका तथा बृद्धबृद्धा, महिला, अपाङ्ग लगायतलाई लक्षित गरि रोजगारी, खेल मैदान ब्यबस्थापन, धार्मिक भ्रमण, मानसिक तथा शारीरिक स्वास्थ परिक्षण, स्थल ब्यबस्थापन लगायत कार्य गर्न, सामुदायिक तथा निजी विद्यालयको निरीक्षण अनुगमन गर्ने, नगर प्रहरी निर्माण गरि उद्ययोग धन्दा, कल कारखाना, सार्वजनिक स्थल, सार्वजनिक संरचना, नदीनाला, ऐतिहासिक धरोहर आदिको निरिक्षण ब्यबस्थापन तथा अभिलेखिकरण गर्न अनुरोध गरिएको छ । त्यस्तै फोहोरमैलाका कारण नगरमा रहेका नदिनाला, गल्ली–चोक, धार्मिक स्थल लगायतको दयनिय अवस्थालाई मध्यनजर गर्दै उचित कानुनको ब्यबस्था गर्ने र नगरले नदिमा गर्दै आएको फोहोर डम्पिङ्गको कार्य तत्काल रोकि सर्टिङ्ग, रिसाइकल तथा कम्पोस्ट मलको उत्पादन गर्ने, नगरको सिमा बिबाद अन्त्य गरि घर नम्बर दर्ता कार्य शुरुवात गर्ने, नवप्रवर्तन तथा अनुसान्धानका लागि नगरपालिका ले बजेट ब्यबस्थापन गर्ने। रास्ट्रीय अन्तरास्ट्रिय सम्बन्ध कायम गर्न समिती गठन गर्ने, ज्ञापनपत्रको तत्काल सुनुवाइ गर्ने र कम्तिमा वर्षमा २ पटक हरेक वडाले सार्वजनिक सुनुवाइ आयोजना गर्ने तथा नगर परिषदको एजेण्डा जनतालाई पुर्व जानकारी गराइ सभा सार्वजनिक स्थलमा गर्ने वा लाइभ गर्ने लगायतका विषय समेटिएको छ । नगर प्रमुख भण्डारीले नागरिकहरुको तर्फबाट उठाईएका सवालहरुलाई नगरपालिकाले आवश्यक ब्यवस्थापन र सम्बोधन गर्ने बताउनु भएको छ ।









