बनेपा/बनेपा नगरपालिकाले नगरभित्र कार्यक्षेत्र रहेका सहकारीहरुको अनुगमन गर्ने भएको छ ।
सरोकारवालाहरुको सहभागितामा नगरपालिकामा आयोजित अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकालाई कार्यक्षेत्र बनाएका सबै सहकारीको अनुगमन गर्ने जानकारी दिनुभयो । पछिल्लो समय सहकारीमा देखा परेको समस्या र समाधानको उपाय खोज्न अनुमन गर्न लागिएको उहाँले बताउनुभएको छ । विज्ञ सहितको अनुगमन टोलीले सहकारीको शेयर पुँजी, संचालक समिति, नियमित साधारण सभा÷भए नभएको लगायतको विषयमा अध्ययन गर्ने उप–प्रमुख विमला सापकोटाले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाँईले सहकारीलाई व्यवस्थित गर्न अनुगमन सुरु गर्न लागेको जानकारी दिनुभएको छ । प्रशासकीय अधिकृत ध्रुवराज नेपालले सहकारीहरु संकट ग्रस्त रहेको बताउनु भयो । सहकारीहरु सहभागिता मुलक नभएको उहाँको तर्क छ । सहकारीलाई व्यवस्थित र नियमित गर्नको लागि अनुगन महत्वपुर्ण हुने उहाँको भनाई छ । बनेपा नगरपालिका र जिल्ला सहकारी संघको समन्वयमा अनुगमन हुन लागेको हो । पछिल्लो समय सहकारी फरार रहेको, शेयर सदस्यको बचत फिर्ता गर्न नसकेको, सहकारीको सिद्धान्त र विधान अनुसार नचलेको गुनासो आएपछि नगरपालिकाले अनुगमन गर्न लागेको नगरपालिकाका सहकारी शाखा प्रमुख दिनेशकुमार पोखरेलले बताउनुभयो । नगरपालिकाले अनुगमनमा सघाउन सबैलाई आग्रह समेत गरेको छ ।









