बनेपा/राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बनेपाको हिमालय माध्यमिक विद्यालयमा अध्यनरत ३ जना बालबालिकाको अभिभावकत्व लिएका छन् । उक्त विद्यालयमा गरिब तथा जेहेन्दार ३ जना सन्दिप श्रेष्ठ, मिन्सु श्रेष्ठ र सन्जिब श्रेष्ठलाई पूर्ण रुपमा अभिभावकत्व ग्रहण गर्न लागेको संस्थाका अध्यक्ष कमल प्रसाद अधिकारीले बताउनु भयो । संस्थाले विगतमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनु भयो । सदस्यहरुलाई सिपमुलक तालिम, रक्तदान, स्वास्थ्य शिबिर, जेष्ठ सदस्यहरुलाई तिर्थाटन जस्ता कार्यहरु गर्दै आएको जनाएको छ ।









