2026 April 26/ 11:38: 22am

बनेपा/पतंजली योग समिति काभ्रे अन्र्तगतको बनेपा न. पा. ४ शेरा स्थित चामुण्डा योग साधना केन्द्रको प्रथम वार्षिक उत्सव पतंजली योग समिति केन्द्रिय सदस्य एवं बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र वडा ३ का वडाध्यक्ष रमेश दाहालबाट संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।
केन्द्रका संयोजक सहदेव श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो  । कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष दाहाल, बनेपा वडा नं. ४ वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, बनेपा नगर संयोजक मनिषा बडाल, राधाकृष्ण साधना केन्द्रका संयोजक नन्द प्रसाद घिमिरे श्रृष्टिकार लोकेश्वर योग साधना केन्द्रका संयोजक नारायण बहादुर श्रेष्ठ र महिला उपाध्यक्ष इन्दिरा तौजले लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व चामुण्डा योग साधना केन्द्रका संयोजक सहदेव श्रेष्ठले गर्नुभएको थियो भने सदस्य सुरेन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । 
त्यसैगरी पतंजली योग समिति काभ्रेबाट नमोबुद्ध नगरपालिकाको भकुण्डेमा आयोजना गरिएको १२ दिने योग उप–शिक्षक तालिम कार्यक्रमको समापन भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका प्रमख कुन्साङ्ग लामा रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले प्रशिक्षित योग उप–शिक्षकहरुलाई प्रमाण–पत्र पनि वितरण गर्नुभएको थियो । कार्यक्रममा विशिष्ठ अतिथि पंतजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले आफुले सिकेका योग शिक्षाहरु गाउँ गाउँ, जन जनमा पु¥याई स्वस्थ समाज निर्माण गर्ने तर्फ नव योग शिक्षक लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।
पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला समितिका अध्यक्ष अनु श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पतंजली योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला उपाध्यक्ष इन्दिरा तौजले, युवा अध्यक्ष रमेश श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन  महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरि शरण श्रेष्ठले पतंजली योग समिति नमोबुद्ध नगर समिति र भकुण्डे वेशी योग साधना केन्द्रको पदाधिकारीहरुको नामावली घोषणा गर्नु भएको थियो ।