2026 April 26/ 11:38: 22am

साउदी/साउदी अरेबियामा काभ्रेपलाञ्चोक जिल्लाका कुशादेवीका बिष्णु घिमिरे सम्मानित हुनु भएको छ । 
साउदीमा रहेको सामाजिक संस्था नेपाली साझा मंच साउदीले छैठौं बार्षिक उत्सव तथा तेस्रो अधिवेशनको अवसरमा प्रमुख अतिथि नेपाली राजदूत नवराज सुवेदीले घिमिरेलाई सम्मानित गर्नु भएको थियो । संस्थाका अनुसार वैदेशिक रोजगारीको क्रममा प्रवाससा अलपत्र परेका नेपालीको हकहितको लागि र उद्धारको लागि संचार क्षेत्रबाट गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । संस्थाले घिमिरे लगायत १४ जनालाई कार्यको आधारमा सम्मान गरेको थियो । सम्मानित घिमिरे बिगत ३ बर्षदेखि अन्नपूर्णपोस्ट मिडिया लगायत विभिन्न संघ र विद्यामा काम गदै आएका छन् भने साउदीमा १२ बर्षदेखि कार्यरत छन् ।