बनेपा/कम्प्यूटर एशोसिएसन नेपाल महासंघ काभ्रे शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाईटि काभ्रेपलाञ्चोक बनेपा शाखाको सहकार्यमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा ‘सुरक्षित सूचना प्रविधि सुशासन र समृद्धि’ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम गत शनिवार सम्पन्न गरेको छ ।
कार्यक्रममा क्यान महासंघ काभ्रे शाखाका अध्यक्ष राम चन्द्र न्यौपाने लगायत बोर्डका पदाधिकारीहरु, सदस्यहरु लगायत सर्वसाधारणहरुले रक्तदान गर्नु भएको थियो । कार्यक्रमका संयोजक रुकेश राजभण्डारीले रक्तदान कार्यक्रमको बारेमा प्रस्ट पार्नु हुँदै एक स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रक्तदान गर्न सकेमा आपूm पनि स्वस्थ रहने र आवश्यक व्यक्तिले पनि समय मै जिवन प्राप्त गर्न सकिने बताउनुभयो । त्यसैगरी रेडक्रस सोसाईटीका प्राविधिक राधाले १ जना व्यक्तिले दिएको रगतबाट ३ जना व्यक्तिको ज्यान जोगाउन सकिने जानकारी गराउँदै जनमानसमा रक्तदान गर्नुपर्ने जनचेतनाबारे उजागर गर्नु भएको थियो । कार्यक्रममा ३४ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।









