2026 April 26/ 11:38: 22am

नाला/बनेपा नगरपालिका वडा नम्बर १ को टुकुचामा रहेको नालागढी ऐतिहासिक आन्तरिक तथा बाह्य पर्यटकिय स्थलका रुमा चिनिदै जान थालेको छ । गढीबाट देखिने मनोरम दृष्य सगै, काठमाडौ उपत्यका पुर्ण रुपले हेर्न सकिने, हरियाली पार्क, पिकनिक पार्कको ब्यबस्था भएकाले समेत आन्तरिक पर्यटक बढ्न थालेको वडा अध्यक्ष कमलप्रसाद घिमिरेले बताउनु भयो । 
    वडा अध्यक्ष घिमिरेले वडाले गढीलाई ब्यबस्थीत गर्दै लगेको र सडकबाट गढीसम्म जान सिँढी, स्थानीय संरचनालाई संरक्षण गर्दैे वडामा पर्यटकको आगमन बढाई स्थानीय ब्यसाय प्रर्वद्धनका लागी जोड दिने वताउनु भयो । गढीमा नेपालको राष्ट्रिय झन्डा गाडी उक्त ठाँउको चिनारी समेत गरिएको घिमिरेले वताउनु भयो । – मनिषा श्रेष्ठ, प्रशिक्षार्थी