2026 April 26/ 01:27: 38pm

पाँचखाल/२०२३ अप्रिल २९ का दिन जापान सरकारले सन् २०२३ को वसन्त इम्पेरियल डेकोरेशन सम्मानको लागि जापानी बाहेक विदेशीहरूको नामावली घोषणा गरेको छ । नामावलीमा नेपालबाट लवग्रीन नेपालकी अध्यक्ष अमिरा दली पर्नु भएको छ । 
नेपाल स्थित जापानी राजदुतावासद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा अमिरा दली सम्मानीतहरुको सूचीमा परेको उल्लेख गरिएको छ । नेपाल ए.ओ.टी.एस.एलुम्नाई सोसाइटीकी अध्यक्ष समेत रही लामो समयसम्म दुवै देशको हितमा सक्रिय रहनुभएकी अमिरा दलीलाई जापान सरकारले सन् २०२३ को वसन्त इम्पेरियल डेकोरेशन प्रदान गर्ने निर्णय गरेको हो । अर्डर अफ जापान, द अर्डर अफ दि राइजिङ सन, गोल्ड एन्ड सिल्भर रे बाट सम्मानित हुनुहुने छ । जापान सरकारले यो सम्मान राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा र समाज कल्याण, अर्थतन्त्र र उद्योग तथा संस्कृति र खेलकुद क्षेत्रमा जापान र अन्य देशहरू बीचको सम्बन्ध प्रवद्र्ध्नमा उल्लेखनीय योगदान पु¥याउने विदेशी नागरिकहरूलाई प्रदान गर्ने गर्दछ । यस अघि उहाँ सन् २०१३ मा नेपाल स्थित जापानी राजदुतद्वारा सम्मानित हुनुभएको थियो । साथै सन् २०१६ मा जापानी पराराष्ट्र मन्त्रीद्वारा सम्मानित हुनु भएको थियो । 
नेपाल ए.ओ.टी.एस, एलुम्नाइ सोसाइटी र गैर–सरकारी संस्था लवग्रीन नेपालको अध्यक्षको रूपमा रहँदा जापान र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध र आपसी समझदारीलाई प्रवद्र्ध्न गर्न विशेष गरी आर्थिक, व्यावसायिक र सामाजिक विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएकोमा उहाँलाई सम्मान गरिएको हो । उहाँसँग जापानद्वारा नेपालमा गरिने सामाजिक, आर्थिक सहयोग तथा मानव श्रोत विकासमा सहजिकरण गरेको लामो अनुभव छ । जापानमा जापानी भाषाको अध्ययन तथा स्नातकोत्तर शिक्षापूर्ण गरे पछि नेपाल फर्केर आफ्नै देशमा काम गर्नु पर्छ भन्ने धारणाले उहाँले नेपालमा जापानी व्यावसायिक कम्पनीको कार्यालय स्थापना गरी काम सुरू गर्नु भएको थियो । तत् पश्चात् नेपालका लागि कैयौं शैक्षिक तथा अन्य परियोजनाहरूको डिजाइन र कार्यान्वयन गर्नु भयो ।  यस बाहेक उहाँले सामाजिक क्षेत्रमा विभिन्न कारणले पिछडिएका छात्राहरूलाई सहयोग गर्न र हरियाली विस्तार अभियान संचालन गर्न आफ्नै पहलमा सन् १९९१ मा गैरसरकारी संस्था लवग्रीन नेपालको स्थापना गर्नु भयो । उहाँले नेपाली समाजका निम्न वर्गका जनतालाई स्वयं सेवकका रूपमा अनवरत सहयोग गर्दै आउनुभएको छ । साथै  नेपाल वायोटेक नर्सरी प्रा.लि स्थापना गरि प्रवन्ध निर्देशक रहनुभएकी उहाँले विगत ३५ वर्ष देखि टिस्यूकल्चर प्रविधि मार्फत् हाईव्रिड केरा लगायतका विभिन्न किसिमका बेर्ना उत्पादन गर्र्दै कृषि क्षेत्रमा पनि योगदान गर्दै आउनु भएको छ ।