धुलिखेल/बागमती प्रदेस सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्ट्रार कार्यालयको आयोजना तथा सामुदायिक रेडियो प्रसारक सघं वागमती प्रदेशको समन्वयमा सञ्चार सरोकारवालाहरुसंग छलफल तथा अन्तरकृया गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुव्र्र गैंडाको प्रमुख आतिथ्यतामा भएको उक्त अन्र्तक्रियामा संचार क्षेत्रमा देखिएका अव्यवहारिक कानुनलाई व्यबहारिक बनाउन प्रस्ताव लिएर आउन सचिव गैडाले अनुरोध गर्नु भएको छ । गैडाले आफूले त्यसमा सहजीकरणको भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार क्षेत्रमा परेका समस्यालाई जुनसुकै बेला मन्त्रालयमा सुझाब दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा रेडीयो प्रसारक सघं (अकोराब) नेपालका केन्द्रिय अध्यक्ष अर्जुन गिरीले अव्यवहारिक नितिका बाबजुद सञ्चार रजिस्ट्रारको कार्यालयले गरेको कामको प्रशंसा गर्नु भएको थियो । गिरीले यति धेरै गर्दा गर्दै पनि सन्तुष्ट हुने ठाँउ नभएकाले सामुदायीक रेडीयोहरुले भोगेका समस्याहरुलाई सहजिकरण गर्न, लोककल्याणकारी विज्ञापनको रकमलाई बढाउन, रोयल्टी तथा नविकरण सञ्चार रजिष्टार कार्यालयबाट नै गर्न, एकसय वाटको रेडीयोलाई प्रदेश मन्त्रालयले समेट्नु पर्ने बताउनु भयो । जनताको सुख दुखको सारथी रेडीयो भएको र देशमा ठुलो संकट पर्दा र आफु जोखिमा रहँदा समेत रेडीयोले अहम भुमिका खेली जनतालाई गाँउ गाँउमा सुचना प्रदान गरेको नर्विसन नेपाल सरकारलाई आग्रह गर्नु भएको थियो । अन्र्तक्रियमा कार्यक्रममा संचार रजिस्ट्रार रेवती सापकोटाले अहिले संघ र प्रदेशका निति तथा कानुनले रेडियो संचालकहरुलाई अन्योलता बनाएको र आगामी दिनमा अन्योलता हटाउने गरि कानुन संसोधन गर्न पहल गरिएको बताउनु भयो ।
रेडियोकर्मी तथा संचालकहरुले हाल रेडियो संचालन गर्न भएको कठिनाइ र सहजताको निम्ति प्रदेश तथा संघ सरकारले खेल्नुपर्ने भूमिकाको बिषयमा आवाज उठाएका थिए । सामुदायीक रेडीयो प्रशारक सघं बागमती प्रदेशका अध्यक्ष बलराम श्रेष्ठले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघंका उपाध्यक्ष, महासचिब, कोषाध्यक्ष, केन्द्रिय सदस्य, वागमती प्रदेशका पद्यादिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वागमती प्रदेशका सामुदायीक रेडीयोहरुको उपस्थिती रहेको थियो ।
काभ्रेमा गठन भयो जिल्ला समन्वय प्रसारक सघं
काभ्रेमा सामुदायीक रेडियोहरुको छाता सगंठन सामुदायीक रेडियो प्रसारक सघं जिल्ला समन्वय समिती गठन भएको छ । रेडियो एविसी एफएमका स्टेशन म्यानेजर रमेश न्यौपाने संयोजक रहनु भएको उक्त समितिमा प्राईम एफएमका लक्ष्मण तिमल्सिना, मध्यपुर्व एफएमका रामकृष्ण बन्जारा, रोशी एफ एमका राजन दाहाल र नमोबुद्ध एफएम बाट विमला थापा चयन हुनु भएको छ । जिल्लामा ६ वटा रेडियो सामुदायीक प्रसारक सघंमा आबद्ध रहेका छन् ।









