2026 April 26/ 11:37: 39am

   धुलिखेल/नेपाल पत्रकार महासंघको आयोजना र जिल्ला समन्वय समिति काभ्रेको संयोजनमा धुलिखेलमा तीन दिने महिला पत्रकारहरुका लागि क्षमता अभिबृद्धी सम्वन्ध पत्रकारिता तालिम आयोजना गरिएको छ । 
    अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले जिल्लामा महिला पत्रकारहरुका लागि पेशामा निरन्तर टिकिरहन आवश्यक सहयोग र समन्वय गरिने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकहरुका लागि गरिएका हरेक कार्यहरु प्रभावकारी हुनु पर्ने बताउँदै संचारमाध्यम र संचारकर्मी मैत्री हुने बताउनु बताउनु भयो । उपाध्यक्ष सुनिता सापकोटाले संचालन गर्नु भएको कार्यक्रममा विभिन्न विद्यामा कार्यरत महिला संचारकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले प्रशिक्षण दिएका थिए ।