बेथान्चोक/भिम देवःनेवाः समाजको तेस्रो बार्षिक साधारण सभा नेवा देयः दबुका केन्द्रीय अध्यक्ष पबित्र बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी बज्राचर्यले दुर्गम गाउँमा पनि नेवारी परम्परा गत धर्म सँस्कृती जोगाउन लागेकोमा धन्यबाद दिदै योमरी पूर्णिमाका दिन देखाउन सुरु गरेको भिमसेन खट जात्राको निरन्तरता दिन पनि सुझाव दिनु भएको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना, बरिष्ठ गुरु धर्म मुनिकार, तिमल्सिना बेथान्चोक गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना वडा नम्बर ३ का वडा अध्यक्ष कुबेर ढकाल, वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण बहादुर लामा, पूर्व वडा अध्यक्ष लालबहादुर श्रेष्ठ, स्थानीय समाजसेवी तथा धार्मिक ब्यक्तित्व गेण प्रसाद तिमल्सिना, फुल्चोकी धिमेखलका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, सरस्वती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद अधिकारी शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम मा भिमःदेवः नेवाः समाज, फुल्चोकी धिमे खलका भाइबैनीहरुले धिमे तथा बासुरी बाजा बजाएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम संस्थाद्वारा नेवारी परम्परागत धिमे तथा बासुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन गरी प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।









