बनेपा/समृद्धि बचत तथा ऋण सहकारी संस्थाले संस्थामा आबद्ध बाल सदस्यहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
संस्थाका अध्यक्ष साधुराम दाहालले संस्थाको वार्षिक कार्यक्रम अनुसार नै उक्त सामाग्रीहरु वितरण गरिएको बताउनु भयो । जेष्ठ सदस्यहरुलाई सम्मान, स्वास्थ्य शिविर लगायतका विभिन्न सामाजिक कार्य समेत गर्दै आएको दाहालले बताउनु भयो । कार्यक्रममा शिक्षा समितिका संयोजक गणेश प्रसाद दाहाल, संचालक समितिका पदाधिकारीहरु, सदस्यहरुको उपस्थिति रहेको ब्यबस्थापक अनुप दाहालले बताउनु भयो ।









