2026 April 26/ 11:37: 41am

पनौती/लायन्स क्लब अफ पनौतीको सातौ वार्षिक साधारण सभाबाट वर्ष २०२३÷०२४ को अध्यक्षमा लायन राजेन्द्र पसछें चयन हुनु भएको छ । क्लबको प्रथम उपाध्यक्षमा हरिशरण कार्की, द्वितिय उपाध्यक्ष रमेश लवट, तृतीय उपाध्यक्ष लायन सिद्धि नारायण मानन्धर सचिव जुना केसी डोटेल, कोषाध्यक्ष रामकृष्ण आचार्य चयन हुनुभएको छ । त्यसैगरी लियो क्लबको अध्यक्षमा सुजन सुन्लर रघु श्रेष्ठ प्रथम उपाध्यक्ष सविन सापकोटा द्वितिय उपाध्यक्ष अभिषेक चौहान, सचिव अमन कर्मचार्य कोषाध्यक्ष रजश्री कर्मचार्य निर्वाचित हुनु भएको छ । 
वार्षिक साधारणको उद्घाटन डिस्ट्रिक ३२५ का रिजन चियर पर्सन लायन राजेश कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लायन राजेन्द्र पसछेंले राख्नु भएको थियो । कार्यक्रममा लायन्स क्लबका पूर्व अध्यक्ष लायन विवेक भट्टराई लियो डिस्ट्रिक सेक्रेटरी लियो रिकेश कर्मचार्यले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सभापतित्व लायन्स क्लब वर्ष २०२२÷०२३ का अध्यक्ष लायन मोहन विक्रम केसीको सभापतित्वमा भएको थियो । –विकुनारयाण ताम्राकार