2026 April 26/ 11:38: 20am

    धुलिखेल/अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति काभ्रे र स्वरोजगार ट्रक टिपर ब्यवसायी संघ काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै टिपरहरुलाई समेत अनिवार्य रुपमा तौल पुलमा वजन लिने निर्णय अब्यवहारीक भएको भन्दै फिर्ता लिन माग गरेका छन् । 
    मजदुर संघका अध्यक्ष कृष्ण गौतम र स्वरोजगारका अध्यक्ष युवराज केसीले तौल पुल अनिवार्य गरे पछि टिपरहरु बन्द भएका कारण मजदुरहरुलाई समस्या परेकाले तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् । मजदुरका समस्या समाधान गरी स्वरोजगार मजदुरहरुका समस्या तत्काल सम्बोधन गर्न अनुरोध गरेका छन् । यस अघि बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्री लगायतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाए सँगै मंगलबार देखि टिपरहरु संचालनमा आएका छन् ।